१८ जेष्ठ २०८२, आइतबार | Sun Jun 1 2025


आज लाग्ने चन्द्रग्रहणको सुतक बार्नु नपर्ने ?


0
Shares

काठमाडौं । आज शताब्दीकै सबैभन्दा लामो चन्द्र ग्रहण लाग्दैछ । पछिल्लो ५८० वर्षमा पहिलोपटक यति लामो खण्डग्रासचन्द्र ग्रहण लाग्ने भएको हो ।

नेपाली समयानुसार दिउँसो १ बजेर ३ मिनेटमा लाग्ने चन्द्रग्रहण अपराह्न ४ बजेर ३२ मिनेटसम्म देखिनेछ । यो पटकको चन्द्रग्रहणमा चन्द्रमाको ९७ प्रतिशत भाग ढाकिनेछ । चन्द्र ग्रहण एसिया, अमेरिका, उत्तरी युरोप, अष्ट्रेलिया तथा प्रशान्त महासागरीय क्षेत्र लगायतबाट देखिनेछ ।

नेपालमा भने आज लाग्ने चन्द्रग्रहण देखिने छैन । नेपाली आकाशमा चन्द्र ग्रहण नदेखिने बार्नु नपर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । आंशिकरूपमा लाग्ने र नेपाली आकाशबाट नदेखिने भएकाले समितिले स्वीकृति दिएका पात्रोमा यसबारे उल्लेख नभएको समितिले जनाएको छ ।