
web pic
उदयपुर । जिल्लाको उदयपुरगढी गाउँपालिकामा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । १२ जना घाइते भएका छन् ।
उदयपुरगढी गाउँपालिका–६ मा बिहीबार बिहान भएको दुर्घटनामा गम्भीर घाइते भएका दुई जनाको उपचारका क्रममा मृत्यु भएको हो । मृतकको पहिचान खुलेको छैन ।
घाइते मध्य पाँच जनाको विराटनगरमा उपचार भइरहेको छ । अन्य घाइतेको जिल्ला अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यलय उदयपुरका प्रहरी नायव उपरीक्षक बेदप्रसाद गौतमले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्