७ श्रावण २०८२, बुधबार | Thu Jul 24 2025


धोनी ‘बीसीसीआई’को ‘कन्ट्रयाक्ट लिस्ट’बाट ‘आउट’


0
Shares

काठमाडौं, माघ २ । भारतीय पूर्वक्रिकेट कप्तान महेन्द्रसिंह धोनी भारतीय क्रिकेट बोर्ड (बीसीसीआई)को ‘कन्ट्रयाक्ट लिस्ट’बाट बाहिरिएका छन् ।

२७ खेलाडीको करार

विश्वकप क्रिकेटमा सहभागी भएपछि गएको ६ महिनादेखि मैदानबाट टाढिएका धोनीलाई बीसीसीआईले कन्ट्रयाक्ट लिस्टबाट हटाएको हो ।

उनी पछिल्लो समय ‘ए ग्रेड’मा सामेल थिए ।

तीन खेलाडीलाई ‘ए प्लस’

बीसीसीआईले बिहीबार २७ खेलाडीको करार गर्दा कप्तान विराट कोहली, रोहित शर्मा र जसप्रित बुमराह गरी तीन खेलाडीलाई ‘ए प्लस’ ग्रेडमा समेटिएको छ ।

‘ए’ ग्रेडमा ११

ग्रेड ‘ए’मा रहेका ११ खेलाडीमा रविन्द्र जडेजा, भुवनेश्वर कुमार, चेतेश्वर पुजारा, अजिन्क्या रहाने, लोकेश लाहुल, शिखर धवन, मोहम्मद शमी, इशान्त शर्मा, कुलदीप यादव र ऋषभ पन्त रहेका छन् ।

‘बी’ ग्रेडमा पाँच

त्यस्तै, ‘बी’ ग्रेडमा रहेका पाँच खेलाडीमा ऋद्धिमान साहा, उमेश यादव, युजभेन्द्र चाहल, हार्दिक पाण्डेया र मयंक अग्रवाल रहेका छन् । अग्रवाल पहिलो पटक ‘बी’ ग्रेडमा परेका हुन् ।

‘सी’ ग्रेडमा ८

त्यस्तै, ‘सी’ ग्रेडमा ८ खेलाडी रहेकामा पाँच खेलाडी नयाँ अनुहारका रहेका छन् ।

वार्षिक पारिश्रमिक

बीसीसीआईले वार्षिक ‘ए प्लस’लाई सात करोड, ‘ए’लाई पाँच करोड, ‘बी’लाई तीन करोड र ‘सी’लाई एक करोड भारतीय रुपैयाँ दिँदै आएको छ ।

आउट

धोनीसँगै दिनेश कार्तिक, अम्बाटी रायुडू र खलील अहमदलाई कन्ट्रयाक्ट लिस्टबाट हटाइएको छ ।