
काठमाडौं, कात्तिक ३० । नक्कली अन्तःशुल्क स्टीकर टाँसी राजस्व चुहावट गरेको अभियोगमा राजस्व अनुसन्धान विभागले १२ जनाविरुद्ध उच्च अदालत तुल्सीपुरमा मुद्दा दायर गरेको छ ।
अधिकांश डिस्टिलरी र बोटलर्स कम्पनी सञ्चालकमाथि मुद्दा दायर गरेको विभागले जनाएको छ । उनीहरूविरुद्ध पाँच करोड ५६ लाख ४३ हजार ९८ रुपैयाँ बिगो असुल गरी जरिवाना र कैद सजाय मागदाबी भएको विभागले जानाएको छ ।
भन्सार चोरी पैठारी गरी ल्याएको नक्कली अन्तःशुल्क स्टिकर मदिरा उत्पादन गर्नेे कृष्टल बोटलर्स र माउण्ट एभरेष्ट डिस्ट्रीलरीको लागि जारी भएको सक्कली अन्तःशुल्क टिकटको सिरियल नम्बर मिलेपछि अनुसन्धान गर्दा नक्कली टिकट बरामद भएको विभागले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्