७ श्रावण २०८२, बुधबार | Thu Jul 24 2025


माटाको निर्णायक गोलले म्यान्चेष्टर युनाईटेड चौथो चरणमा प्रवेश


0
Shares

काठमाडौं । प्रिमियरसिप प्रतिद्धन्दी वुल्भरह्याम्पटन वान्डरर्सलाई हराउँदै म्यान्चेष्टर युनाईटेड एफएकप फुटबलको चौथो चरणमा प्रवेश गरेको छ ।

गएराती भएको तेस्रो चरणको रि–प्ले खेलमा म्यान्चेस्टर युनाईटेडलाई विजयी गराउन स्पेनिस खेलाडी हुँवा माटाले निर्णायक गोल गरे ।

युनाईटेड अब चौथो चरणमा वाटफोर्ड वा ट्रेन्मेयरसंग प्रतिस्पर्धा गर्नेछ ।

तेस्रो चरणकै अर्को खेलमा कार्लीस्ले युनाईटेडलाई ४–३ ले पराजित गर्दै कार्डीफ सिटी पनि एफए कपको चौथो चरणमा प्रवेश गरेको छ ।