७ श्रावण २०८२, बुधबार | Thu Jul 24 2025


आयरल्याण्डको शानदार प्रदर्शन, विश्वकप च्याम्पियन वेष्ट इन्डिज पराजित


0
Shares

काठमाडौं । वेष्ट इन्डिजविरुद्धको ट्वेन्टी ट्वेन्टी क्रिकेट श्रृंखलाको पहिलो खेलमा आयरल्याण्ड विजयी भएको छ ।

क्यारेबियन मुलुक ग्रेनाडामा गएराती सम्पन्न खेलमा आयरल्याण्डले टि–ट्वेन्टी विश्वकप च्याम्पियन वेष्ट इंडीजलाई ४ रनले हरायो ।

खेलमा टस जितेर पहिले व्याटिङ गरेको आयरल्याण्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २ सय ८ रन बनायो ।

आयरल्याण्डले पहिलो विकेटका लागि १ सय ५४ रनको किर्तीमानी साझेदारी ग¥यो । उसका लागि पउल स्टर्लीङले ९५ रन जोड्दा केभिन ओब्रायनले ४८ रन जोडे ।

जवाफमा २ सय ८ रनको लक्ष्य पछ्याएको वेष्ट इंडीजले २० ओभरमा ७ विकेट गुमाएर २ सय ४ रन मात्रै बनाउन सक्यो ।

उसका लागि इभिन लेविसले ५३ रन जोडेपनि टोलीलाई जिताउन सकेनन् ।

जितसँगै आयरल्याण्डले तिन खेलको टि–ट्वेन्टी श्रृंखलामा १–० को अग्रता लिएको छ ।

श्रृंखलाको दोस्रो तथा तेस्रो खेल ‘सेन्ट  किट्स एण्ड नेभिस’मा यही शनिवार र आईतवार हुनेछ ।