
काठमाडौं, असार १ । नेपाल पर्यटन बोर्ड र ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान)ले पदयात्राका क्रममा ज्यान गुमाएका पर्वतीय पर्यटन मजदुरका आश्रित परिवारलाई क्षतिपूर्ति बापत राहत रकम उपलब्ध गराएको छ ।
काठमाडौंमा गरिएको कार्यक्रममा मजदुरका आश्रित ३३ परिवारलाई जनही २ लाख २० हजार रुपैयाँको चेक हस्तान्रण गरिएको हो ।
चार वर्षदेखि मृतकका परिवारले क्षतिपूर्तिबापतको रकम पाउन सकेका थिएनन् ।
टानका अध्यक्ष नवराज दाहालले टानले पदयात्राको क्रममा मजदुरको उद्धार गरेको र चिकित्साको लागि खर्च गरेको चार वर्षदेखि पर्यटन बोर्डले नदिएको बताए ।
उनले पदयात्री सूचना व्यवस्थापन प्रणालीलाई आउने दिनमा सुधार गर्दै लगिने बताए ।
प्रतिक्रिया दिनुहोस्