२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


प्राध्यापक, चिकित्सकहरु पनि सूचना प्रविधि विधेयकका केही प्रावधानहरुको विपक्षमा


0
Shares

प्रज्ञा तिमल्सिना, योगेश लामा र राजेन्द्र नापित (इमेज)

काठमाडौं, माघ १ । प्राध्यापक र चिकित्सकहरु पनि सूचना प्रविधि विधेयकका केही प्रावधानहरुको विपक्षमा देखिएका छन् ।

अभिव्यक्ति स्वतन्त्रता र खुलारुपमा बहस गर्ने प्रणालीमा छेकबार लगाउन नहुने उनीहरुको राय छ ।

सामाजिक सञ्जाल स्वतन्त्र बहस गर्ने थलो बनेको छ । प्राज्ञिक व्यक्तिहरु यसलाई खुलारुपमा आफ्नो अभिव्यक्ति दिने र त्यसमा बहस नै चलाएर सुझाव दिन सामाजिक सञ्जाललाई उपयुक्त माध्यम ठानिरहेका छन् ।

अहिले उपयोग गरिरहेको सुविधामा असर पार्ने कानुन स्वीकार्य नहुने उनीहरुले बताएका छन् ।

सूचना प्रविधि विधेयक अहिलेकै स्थितिमा पारित भए विचार प्रवाहमा शून्यता आउने र खुला युग अन्त्य हुने उनीहरुले ठानेका छन् ।

कक्षाकोठामा भएको बहससमेत सामाजिक सञ्जालमा राखिने गरिन्छ । विद्यार्थीहरुले नै सामाजिक सञ्जालमा बहस चलाउने गर्छन् ।

अब भने विधेयकले शौक्षिक, सामाजिक र साँस्कृतिकरुपमा नै असर पार्ने खतरा देखिएको छ ।

तसर्थ, सामाजिक सञ्जालमा हुने मानहानिलाई देखाएर सूचना प्रविधि विधेयकमा निरंकुश प्रावधान राख्नु उचित नहुने प्राध्यापकहरुको मत छ ।

कुनै रोगकोबारेमा या कुनै क्षेत्रकोबारेमा आफ्नो भावना राख्दासमेत पनि मानहानि लाग्नसक्ने भन्दै चिकित्सकहरुले पनि यो विधेयकको विरोध  गरेका छन् ।

नागरिक अधिकार हनन् हुने विधेयक आवश्यक नरहेको मत उनीहरुको छ ।

सूचना, तथ्यांक र खोज, अनुसन्धान र स्वतन्त्र बहसलाई रोक्ने विधेयक फिर्ता लिन पेसाकर्मीहरुले आग्रह गरेका छन् ।

भिडियो हेर्नुहोस्