काठमाडौं, माघ १ । वि.स.२०७२ सालको भूकम्पले क्षति पुर्याएको काठमाडौंको हनुमानढोकास्थित विशाल घण्ट आजबाट सञ्चालनमा ल्याइएको छ ।
श्री तलेजु भवानी सेवा समितिको नयाँ कार्यसमितिको पहलमा आज बिहान नगरा र बाजागाजासहित उक्त घण्टा सञ्चालनमा ल्याइएको छ ।
भूकम्पपछि उक्त घण्ट बजाउन बन्द गरिएको थियो । वि.स. १८६४ सालमा रणवहादुर शाहले उक्त घण्ट हनुमान ढोकामा स्थापना गरेका थिए ।




प्रतिक्रिया दिनुहोस्