३० माघ २०८१, बुधबार | Wed Feb 12 2025


सरकारले जस्तोसुकै कानून लादे पनि स्वीकार्नुपर्ने ? : अध्यक्ष मानन्धर


0
Shares

काठमाडौं, माघ १ । इमेज ग्रुप अफ कम्पनीको २३ औं बार्षिकोत्सवको अवसरमा अवसरमा ईमेज कम्प्लेक्स पानीपोखरीमा आयोजित कार्यक्रममा इमेज ग्रुप अफ कम्पनीज्का अध्यक्ष आर.के मानन्धरले सबैमा शुभकामना व्यक्त गरेका छन् ।

उनले सूचना प्रविधिको क्षेत्रमा आएको परिवर्तनलाई स्वीकार्दै सञ्चार जगत अघि बढ्नुपर्ने चुनौति आएको बताए ।

सरकारले जस्तोसुकै कानून लादे पनि त्यसलाई प्रजातान्त्रिक नै हो भनेर अघि बढ्नुको विकल्प नरहेको उनको भनाइ थियो । सरकारले पूँजीगत खर्च गर्न नसक्दा निजी क्षेत्रलाई पनि अप्ठेरो परेको भन्दै अध्यक्ष मानन्धरले ढुकुटीमा पैसा थुपारेर बस्ने सरकारले ७, ८ प्रतिशतको आर्थिक वृद्धि गर्नसक्छ भनेर कसरी पत्याउने भन्ने प्रश्न गरे ।

कार्यक्रममा ईमेज च्यानलका प्रमुख कार्यकारी अधिकृत लक्ष्मण हुमागाईंले आगामी दिनमा ईमेज च्यानलले नेपाली सञ्चार जगतमा नेतृत्वदायी भूमिका निर्वाह गर्ने गरी आफुलाई परिस्कृत गर्दै अगाडि बढ्ने विश्वास व्यक्त गरे ।

नेपाली टेलिभिजनहरुको भीडमा छुट्टै पहिचान बनाउन सफल ईमेज च्यानलले २३ वर्षअघि नेपाल टेलिभिजनको प्रभातकालीन समयमा सूचना र मनोरञ्जन कार्यक्रम प्रसारणबाट आफ्नो पाइला अगाडि सारेको हो ।