१४औं महाधिवेशनले पार्टीलाई रुपान्तरणको बाटोमा हिडाउँछ– वरिष्ठ नेता पौडेल « Image Khabar


१४औं महाधिवेशनले पार्टीलाई रुपान्तरणको बाटोमा हिडाउँछ– वरिष्ठ नेता पौडेल



सिन्धुली । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी भित्र पुस्तान्तरण भन्दा पनि रुपान्तरणको आवश्यकता रहेको बताउनुभएको छ ।

जिल्लाको कमलामाई नगरपालिका–१३ रानीबासमा आयोजित कार्यकर्ता भेटघाटलाई सम्बोधन गर्दै पौडेलले पार्टीको १४औं महाधिवेशनले पार्टीलाई रुपान्तरणको बाटोमा हिँडाउने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘कांग्रेसलाई रुपान्तरण गर्न, नयाँ बाटो, नयाँ उर्जा, नयाँ धार र सञ्चार गराएर सशक्त रूपमा राष्ट्रमा सफल बनाउनुछ ।’

पौडेलले नेपालको राष्ट्रियता र लोकतन्त्रको रक्षा गर्ने आधार कांग्रेस नै भएको दावी गर्दै कांग्रेसलाई विकृतिमुक्त बनाउन आफू संघर्षरत रहेको बताउनुभयो ।