२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


ताइवान स्वतन्त्र राज्य रहेपनि चीनबाट खतरा : राष्ट्रपति वेन


0
Shares

एजेन्सी । ताइवानका राष्ट्रपति त्सई इंग वेनले चीनले टाप देशहरुलाई सम्मान गर्नुपर्ने बताएकी छिन् ।

दोस्रो कार्यकालका लागि राष्ट्रपति पदमा निर्वाचित भएलगत्तै उनले चीनले ताइवान स्वतन्त्र राज्य रहेपनि चीनबाट खतरा रहेको बताएकी हुन् ।

चिनियाँ कम्युनिष्ट पार्टीले लामो समयदेखि ताइवानमाथि सार्वभौमिकता दावी गरिरहेको र आवश्यक परे आफूले बल प्रयोग गरेर ताइवानलाई लिनसक्ने चीनले बताउँदै आएको छ ।

नवनिर्वाचित राष्ट्रपति वेनले ताइवान स्वायत्त राज्य रहेकाले त्यसतर्फ आँखा नलगाउन चीनको ध्यानाकर्षणसमेत गराएको बीबीसीले जनाएको छ ।

पछिल्ला वर्षहरुमा एक चीनको अवधारणा एक उपयोगी सम्झौता सावित भएको ताइवानका समर्थकहरुको दावी छ ।

उनीहरुले चीनले ताइवानसँगको आर्थिक सम्बन्ध निर्माणका लागि लचिलो हुनुपर्ने बताएका छन् ।