सर्वोच्च अदालतको मुख्य प्रवेशद्वारमै कानून व्यवसायीहरुको धर्ना « Image Khabar


सर्वोच्च अदालतको मुख्य प्रवेशद्वारमै कानून व्यवसायीहरुको धर्ना

प्रधानन्यायाधीशलाई रोक्ने तयारी


काठमाडौं । आन्दोलनरत कानुन व्यवसायीहरुले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई सर्वोच्च अदालतको मुख्य प्रवेशद्वारमै रोक्ने तयारीसहित आज पनि धर्ना दिएका छन् ।

शुक्रबार पनि प्रधानन्यायाधीश जबरालाई प्रवेशमा रोक लगाउने उद्देश्यले कानुन व्यवसायीहरुले प्रदर्शन गरेका थिए । कानुन व्यवसायीहरुको आन्दोलनको नेतृत्व गर्दै आएको नेपाल बार एशोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले आज बिहान साढे ९ देखि साढे ११ बजेसम्म प्रधानन्यायाधीश जबरा प्रवेश गर्ने मुख्य प्रवेशद्वारमै धर्ना दिएका हुन् ।

मन्त्रिपरिषद् सदस्यको भागबण्डामा मुछिएपछि जबराको राजीनामा माग गर्दै नेपाल बारले कात्तिक १४ देखि हातमा कालोपट्टी बाँधेर विरोध प्रदर्शन गर्दै आएको छ ।