
काठमाडौं, पुस २९ । गुडविल फाइनान्सको १० प्रतिशत नगद लाभांश प्रस्ताव पारित भएको छ ।
संस्थाको मंगलबार राजधानीमा सम्पन्न २५औं वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७५/०७६ को नाफाबाट सेयरधनीलाई १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।
अध्यक्ष राजाराम जोशीले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाले प्रगति जारी राखेको उल्लेख गरे ।
संस्थाले यो वर्ष गत आर्थिक वर्षको तुलनामा निक्षेप २७ प्रतिशतले वृद्धि गरी ६ अर्ब ९० करोड बराबर र कर्जा प्रवाह २६ प्रतिशतले बढाएर ५ अर्ब ९१ करोड बराबर पुर्याउन सफल भएको जनाइएको छ ।
प्रमुख कार्यकारी अधिकृत सरोजकाजी तुलाधरले १२ प्रतिशत ब्याजदरमा ७ वर्ष अवधिको २५ करोड रुपैयाँ बराबरको दुई लाख ५० हजार कित्ता ‘डिबेन्चर’ निष्कासन गर्ने तयारी भइरहेको जानकारी गराए ।
प्रतिक्रिया दिनुहोस्