२६ माघ २०८१, शनिबार | Sun Feb 9 2025


राष्ट्रपतिसित चेम्बर पदाधिकारीको भेट


0
Shares

काठमाडौं, पुस २९ । राष्ट्रपति विद्यादेवी भण्डारीले ‘समृद्ध नेपाल, सुखी नेपाली’को सपना साकार पार्न वर्तमान सरकारको प्रयासलाई सघाउन नेपाल चेम्बर अफ कमर्सलाई आग्रह गरेकी छन् ।

चेम्बरका जिल्ला तथा नगर चेम्बरका सभापति तथा पदाधिकारीहरुको प्रतिनिधिमन्डलले मंगलबार राष्ट्रपतिसित भेट गर्नेक्रममा राष्ट्रपति भण्डारीले हाम्रो शक्तिमा आधारित अर्थतन्त्रको विकास गर्न पनि सुझाइन् ।

सो अवसरमा चेम्बर अध्यक्ष राजेशकाजी श्रेष्ठले चेम्बरले ७० वर्षको अवधिमा निजी क्षेत्रको सशक्तिकरणका लागि निर्वाह गरेको भूमिकाबारे अवगत गराएका थिए ।

श्रेष्ठले ‘नेपाल भ्रमण वर्ष २०२०’ लाई सफल पार्न जिल्लास्तर तथा नगरस्तरबाटसमेत चेम्बरको तर्फबाट सक्दो भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्दै पर्यटन क्षेत्रका केही चुनौतीबारे पनि प्रकाश पारेका थिए ।

श्रेष्ठले व्यवसाय सन्चालन खर्च बढी रहेकोबारे स्पस्ट पार्दै संघीय प्रणालीपश्चात् करको दरमा एकरुपता नभएकोले एकीकृत कर प्रणाली लागू गरिनुपर्नेमा जोड दिएका थिए ।