
काठमाडौं, पुस २९ । मंगलबार सेयरबजारमा सामान्य गिरावट आएको छ ।
पछिल्ला दिन उच्चदरले उकालो लाग्दै आएको सेयरबजारमा यसदिन भने सामान्य ‘करेक्सन’ आएको विश्लेषण गरिएको छ ।
कारोबार भने यसदिन पनि उच्च नै अर्ब बराबर रह्यो ।
उतार–चढावबीच बजार परिसूचक नेप्से साढे ७ अंकले ऋणात्मक रहेर १२ सय ६२ कायम भयो । कारोबार भएकामध्ये बढीजसो समूह ऋणात्मक रहेसँगै नेप्से ओरालो लागेको हो ।
यसदिन व्यापार, वित्त, होटल, अन्य र विकास बैंक समूहबाहेक अरु समूह ओरालो लागेका हुन् ।
यसदिन नेपाल स्टक एक्सचेन्जमा १८३ कम्पनीका ३७ लाख ६६ हजार कित्ता सेयर एक अर्ब बढीमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्