१८ बैशाख २०८२, बिहिबार | Thu May 1 2025


साझा उम्मेदवार दिन नसके नेतृत्व देउवालाई सुम्पिदिए हुन्छ–महामन्त्री कोइराला


0
Shares

shashank koirala

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले संस्थापन इतर समूहबाट साझा उम्मेदवार दिन नसके नेतृत्व परिवर्तन गर्न नसकिने प्रष्ट गर्नुभएको छ ।

संस्थापन इतर समूहको बैठकपछि पत्रकारहरुसँग महामन्त्री कोइरालाले सभापतिमा दावी गर्ने चार जना बीचमा साझा उम्मेदवार तय गर्न नसके सभापति शेरबहादुर देउवालाई पार्टी बुझाइदिए हुने बताउनुभएको हो ।

साझा उम्मेदवार तय गर्नुको विकल्प छैन भन्दै कोइरालाले त्यसो गर्न नसके हार निश्चित हुने र आफू सहमति बनाउन आफू बाधक नबन्ने बताउनुभयो ।

आजको बैठकमा प्रकाशमान सिंह नभएकाले धेरै छलफल नभएको भन्दै उहाँले भन्नुभयो, ‘रामचन्द्र दाई, प्रकाशमानजी, शेखरदा र म बसेर सहमतिको प्रयास गर्छौं ।’

संस्थापन इतर समूहमा रामचन्द्र पौडेल, प्रकाशमान सिंह, कोइराला दाजुभाई नेतृत्वको आकांक्षी हुँदा संस्थापन पक्षबाट सभापति देउवा र उपसभापति बिमलेन्द्र निधिले उम्मेदवारी दिने बताउँदै तयारी गरिरहनुभएको छ ।