Logo १३ बैशाख २०८३, आइतबार | Sun Apr 26 2026


न्यायपालिका शुद्धीकरण उच्चस्तरीय आयोग गठन गर्न विवेकशील साझाकाे माग


0
Shares

काठमाडौं । विवेकशील साझा पार्टीले न्यायपालिका शुद्धीकरण उच्चस्तरीय आयोग गठन गर्न माग गरेको छ।

पार्टीका प्रवक्ता शरदराज पाठकले शुक्रबार विज्ञप्ति जारी गरी प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको राजीनामा माग गर्दै न्यायाधीशहरूको बेन्च बहिष्कार र कानुन व्यवसायीहरूको आन्दोलनका कारण चुलिएको सङ्कटप्रति चिन्ता व्यक्त गर्दै समस्या समाधान गर्न ‘न्यायपालिका शुद्धीकरण उच्चस्तरीय आयोग गठनको माग गरिएको छ।

विज्ञप्तिमा भनिएको छ, ‘एक जना पात्रलाई पदबाट हटाएर मात्र न्यायपालिकाको अहिलेको समस्यामा ठोस सुधार आउनेछैन, तर त्यो सुधारको प्रस्थान बिन्दु भने बन्न सक्छ।

अतः समस्याको स्थायी समाधान खोज्न संसद् र सरकारको सिफारिसमा राष्ट्रपतिबाट न्यायपालिका शुद्धीकरण उच्चस्तरीय आयोग गठनका लागि विवेकशील साझा पार्टी जोडदार माग गर्दछ।’

आम रूपमा विवादै विवादको घेरामा परेका र आफ्ना सबै सहकर्मी न्यायाधीशको समेत विश्वास गुमाइसकेका प्रधानन्यायाधीश राणाले न्यायालयको साख थप गिर्न नदिन पदबाट राजीनामा गर्नु नै उचित हुने समेत साझाले सुझाएको छ।