काठमाडौं, पुस २९ । संसदको विकास तथा प्रविधि समितिले सिंहदरबार परिसरमा रहेको पुरानो संसद भवन भत्काएर नयाँ बनाउन निर्देशन दिएको छ ।
समितिको मंगलबार बसेको बैठकमा राणकालीन भवन भत्काएर अत्याधुनिक भवन बनाउन निर्देशन दिइएको हो । छलफलमा शहरी विकास मन्त्रालय, राष्ट्रिय पुनर्निर्माण प्राधिकरण लगायत निकायका प्रतिनिधिहरुको सहभागिता थियो ।
भूकम्पका कारण क्षतिग्रस्त उक्त भवन भत्काउने कि नभत्काउने भन्ने विवाद थियो । समितिकी सभापति कल्याणी खड्काले पूरानो संसद भवन बचाएर उपयोग गर्ने सम्भावना कम भएकाले मौलिकता कायम रहने गरी आधुनिक भवन बनाउन निर्देशन दिएको बताए ।
मन्त्रालय र पुननिर्माण प्राधिकरण भवन भत्काउनु पर्ने पक्षमा छन् भने पूरातत्व विभाग नभत्काई अहिलेकै स्वरुपमा प्रबलीकरण गर्नुपर्नेमा रहेको छ ।
प्राधिकरण, मन्त्रालय र पूरातत्व विभागबीच विवाद हुँदा पुरानो संसद भवन प्लास्टिकले छोपेर राखिएको छ ।




प्रतिक्रिया दिनुहोस्