 
	    काठमाडौं, कात्तिक २६ । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका पदाधिकारीलाई पदमुक्त गर्नुपर्ने ठहरसहितको छानबिन प्रतिवेदन प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाइने भएको छ ।
स्वास्थमन्त्री विरोध खतिवडा, धरान उपमहानगर प्रमुख तिलक राई र स्वास्थ्य सचिव डा. रोशन पोखरेलसहितको छानबिन टोलीले तयार पारेको प्रतिवेदन आज प्रतिष्ठानका कुलपतिसमेत रहेका प्रधानमन्त्री देउवालाई बुझाउने कार्यक्रम छ ।
मन्त्रीले समितिको ठहरबारे खुलाउन नचाहे पनि प्रतिवेदनमा प्रतिस्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीसहितका पदाधिकारीलाई कारबाही गर्नुपर्ने सिफारिस गरिएको बताइएको छ ।
उपकुलपति गिरी, रेक्टर डा. गुरु खनाल, अस्पताल निर्देशक डा गौरीशंकर साहलाई पदमुक्त गर्ने प्रक्रिया थाल्न र त्यसका लागि सिनेट बोलाउन सिफारिस प्रतिवेदनमा गरिएको छ ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्