Logo २० कार्तिक २०८२, बिहिबार | Thu Nov 6 2025


एनआईसी एसिया बैँकको शाखा कार्यालयमा राखिएको बम डिस्पोज


0
Shares

सप्तरी, पुस २९ । सप्तरीको राजविराज–८ स्थित एनआईसी एसिया बैँकको शाखा कार्यालयमा राखिएको बम नेपाली सेनाले डिस्पोज गरेको छ ।

मंगलबार दिउँसो कार्यालय भवनको दोस्रो तला जाने भर्‍याङको बीचमा बेवारिसे अबस्थामा भेटिएको बस्तु बम भएको आशंकामा बैंकका कर्मचारीले प्रहरीलाई खबर गरेका थिए ।

कार्टुनमा प्लाष्टिकले बेरेर राखिएको अबस्थामा बम फेला परेको सप्तरी प्रहरीले जनाएको छ । बम कसले राख्यो भन्नेबारे अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।