Logo २८ भाद्र २०८३, आइतबार | Sun Sep 13 2026


आइएमईले ‘वर्ल्ड टुर विथ साइग्रेस’ गर्दै


0
Shares

काठमाडौं । आइएमईको आयोजनामा ‘वर्ल्ड टुर विथ साइग्रेस’ हुँदैछ ।

नेपालका सात वटै प्रदेशका मुख्य–मुख्य शहरमा कात्तिक २३ गतेदेखि मंसिर १९ गतेसम्म हुने कार्यक्रममा लोकप्रिय स्टोरी टेलर साइग्रेसले श्रमका लागि विदेशमा गएका नेपाली कामदारहरूको संघर्षको कथा प्रस्तुत गर्ने आइएमई ग्रुपले जनाएको छ ।

कात्तिक २३ गते धनगढीमा भएको कार्यक्रम कात्तिक २७ गते झापामा, कात्तिक २९ गते धरानमा, मंसिर ४ गते बुटवलमा, मंसिर ३ गते चितवनमा, मंसिर ६ गते पोखरामा र मंसिर १७ गते काठमाडौंमा हुनेछ ।

कार्यक्रमको टिकेटिङ्ग पार्टनर ‘आइएमई पे’ रहेको छ भने आतिथ्य पार्टनर रोडहाउस क्याफे रहेको छ । साथै एडुकेसन पार्टनर टेक्सस् कलेज अफ म्यानेज्मेन्ट र आइटी रहेको छ भने मिडिया पार्टनर रुटिन अफ नेपाल बन्द हुने भएको छ ।

कार्यक्रम आइएमई लिमिटेड र आइएमई पेका आधिकारिक सामाजिक सञ्जालका अतिरिक्त साइग्रेसको अफिसियल पेजबाट पनि प्रसारण हुनेछ ।