
काठमाडौं, पुस २८ । नेपाल इन्भेष्टमेन्ट बैंकको १९ प्रतिशत लाभांशको प्रस्ताव पारित भएको छ ।
सोमबार कठमाडौंमा सम्पन्न बैंकको ३३औं वार्षिक साधारणसभाले १०.५ प्रतिशत बोनस सेयर र ८.५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गरेको हो ।
बैंकले चालू आर्थिक वर्षमा तीन अर्ब ३२ करोड खुद नाफा गरेको छ ।
कुल निक्षेप र कुल कर्जा प्रवाहमा वृद्धि भएको तथा कुल लगानीमासमेत वृद्धि भइ १७ अर्ब २२ करोड कायम भएको बैंकले जनाएको छ । यसका साथै बैंकले गाभ्ने र प्राप्तीको लागि पनि तयारी गरिरहेको जनाएको छ ।
बैंकका सेयरधनीहरुले भने बैंकिङ क्षेत्रमा विभिन्न आपराधिक घटनाहरुसमेत बढ्दै गइरहेकोप्रति चिन्ता व्यक्त गर्दै प्रणालीगत सुधार गर्नुपर्नेमा जोड दिएका थिए ।
बैंकले प्रणालीगत सुधारका लागि लगानी गर्न आवश्यक रहेकोमा उनीहरुले सुझाव दिएका थिए ।
प्रतिक्रिया दिनुहोस्