
काठमाडौं, पुस २८ । राष्ट्रिय भवन संहिता कार्यान्वयन गरी सुरक्षित र बलियो भवन निर्माण गर्न सर्वसाधारणलाई सहरी विकास तथा भवन निर्माण विभागले आग्रह गरेको छ ।
आउँदो माघ २ गते आयोजना गरिने २२औं भूकम्प सुरक्षा दिवसका विषयमा जानकारी दिन सोमबार विभागले गरेको पत्रकार सम्मेलनमा भूकम्पप्रतिरोधात्मक घर निर्माण गर्न सबैलाई आग्रह गरिएको हो ।
नयाँ प्रविधि हस्तान्तरणको अवधारणाअनुसार भवन संहिताले सम्बोधन नगरे पनि मार्गप्रशस्त गरेका १७ ओटा विभिन्न प्रकारका नमुना डिजाइनअनुरुप घर निर्माण गर्न विभागले आग्रह गरेको हो ।
विभागका महानिर्देशक मणिराम गेलालले संहिता समयअनुकूल परिमार्जन गर्दै लैजानु आवश्यक भएको बताए ।
‘भूकम्पबाट सुरक्षित पूर्वाधार, दिगो सुख र समृद्धिको आधार’ भन्ने नारासहित एकमहिने कार्यक्रम आयोजना गरिने जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्