७ श्रावण २०८२, बुधबार | Thu Jul 24 2025


‘ए’ डिभिजन लिग : एनआरटी र पुलिस क्लव र च्यासल यूथ र एपीएफ भिड्ने


0
Shares

काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग फुटवलमा आज(सोमबार) दुई खेल हुनेछन् ।

सोमबार मध्यान्ह १२ बजे न्यूरोड टिम एनआरटीले नेपाल पुलिस क्लबसँग खेल्दा दिउँसो ३ बजे च्यासल युथ क्लबले सशस्त्र प्रहरीको एपिएफ् टिमसंग खेल्नेछ ।

यसअघि हिजोको खेलहरुमा फ्रेन्ड्स क्लबले पहिलो जित निकाल्दा सरस्वती युथ क्लबले अंकको खाता खोलेको छ ।

दशरथ रङ्गशालामा भएको हिजोको पहिलो खेलमा उपाधि दावेदार थ्रीस्टार क्लबलाई १-० ले हराउँदै फ्रेन्ड्सले जारी लिगमा पहिलो जित हासिल गरेको हो ।

फ्रेन्ड्सलाई जिताउन खेलको १३ औं मिनेटमै ब्राजिलियन खेलाडी बाग्नेर डी कार्मोले निर्णायक गोल गरे ।

हिजै भएको दोस्रो खेलमा ब्रिगेड ब्वाइज क्लब बीबीसीलाई गोलरहित बराबरीमा रोक्दै सरस्वती क्लबले अंकको खाता खोलेको छ ।

हिजोका खेलहरुपछि लिग तालिकामा ६ खेलबाट १३ अंकसहित मच्छिन्द्र क्बल शीर्ष स्थानमा रहेको छ ।

त्रिभुवन आर्मी क्लब र मनाङ्ग समान १२ अंकसहित क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् । चौथो स्थानको थ्रीस्टारको १० अंक छ ।