५ फाल्गुन २०८१, सोमबार | Mon Feb 17 2025


धमाधम छाउगोठ भत्काइँदै, १३ सय ५५ छाउगोठ भत्काइयो


0
Shares

कैलाली । सुदूरपश्चिमका सबै जिल्लामा छाउपडी गोठ भत्काउने अभियान चलिरहेको छ ।

अहिलेसम्म अछाममा सबैभन्दा बढी १ हजार तीन सय ५५ वटा छाउगोठ भत्काइएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक देवबहादुर बोगटीले जानकारी दिए ।

उपरीक्षक बोगटीका अनुसार कैलालीमा १ सय ३५, कञ्चनपुरमा ४, बाजुरामा ५ र बझाङामा ३६ गरी १ हजार ५ सय ३५ छाउगोठ भत्काइ सकिएका छन् ।

प्रहरी परिचालन गरेर सबैतिर छाउगोठ खोज्दै भत्काउने कार्य जारी रहेको बताइएको छ ।

बैतडी, दार्चुला, डडेल्धृुरा र डोटीमा अहिलेसम्म छाउगोठ फेला नपरेको र खोजी भइरहेको प्रहरीले जनाएको छ ।

छाउपडी कुप्रथाकै कारण अछाममा १० वर्षमा १४ किशोरी तथा महिलाले ज्यान गुमाएका छन् ।

सरकारको निर्देशनपछि २०६२ सालमा कुरीति घोषणा गर्दै छाउपडी प्रथा उन्मुलन सम्बन्धी निर्देशिका २०६४ समेत जारी गरिएको थियो ।

सरकारले कुरीति घोषणा गरेको ११ वर्ष भइसक्दा पनि छाउपडी प्रथा पूरै हट्न सकेको थिएन ।