
काठमाडौं । भारतले पाम आयल आयात रोकेसंगै नेपालको व्यापार घाटा भने पुनः बढ्ने देखिएको छ ।
पछिल्ला केही महिना देखि नेपालको निर्यातमा केही सुधार आई व्यापार घाटा केही घट्दै गएको देखिएको थियो । यसमा मुख्य कारण पाम आयल निर्यात नै रहेको थियो ।
पछिल्लो समय नेपालको निर्यातको २५ प्रतिशत भन्दा बढी हिस्सा पाम आयलको रहेको थियो ।
चालु आर्थिक बर्षको ५ महिनाको अवधिसम्म नेपालको कूल निर्यात ४७ अर्ब ६१ करोड रहेकोमा पाम आयल मात्र साढें ११ अर्बको निर्यात भएको थियो ।
यो संगै नेपाली उद्योगी, व्यवसायीहरु पनि लगानी डुब्ने चिन्तामा परेका छन ।
पूर्वी नेपालमा रहेका ५ उद्योगको ८ अर्ब रुपैया बराबरको कच्चा पदार्थसमेत संकटमा पर्ने देखिएको बताइएको छ ।
पाम आयल निर्यात गर्ने उद्योगले कम्तीमा तीन महिनाका लागि कच्चा पदार्थको मौज्दात राख्ने गरेकाले व्यापारीहरुले ठूलो नोक्सानी बेहोर्नुपर्ने स्थिति आएको क्वालिटी आयल रिफाइनरी प्रालिका सञ्चालक घनश्याम काबरा बताउँछन् ।
सुनसरी–मोरङ करिडोर क्षेत्रका पाँच वटा उद्योगले पाम आयल भारत निर्यात गर्दै आएका थिए भने १६ उद्योग थपिने क्रममा छन् ।
भारतले अचानक पाम आयल आयात रोकेपछी यसको असर लागनीकर्तासँगै देशको अर्थतन्त्रमा समेत असर पर्ने भन्दै तत्काल सरकारले निर्यात खुलाउन कूटनीतिक पहल थाल्नुपर्ने उद्योग संगठनका अध्यक्ष भीम घिमिरे बताउँछन् ।
चालु आर्थिक वर्षको ५ महिनामा विराटनगर नाकाबाट मात्रै साढे चार अर्र्ब बराबरको पाम तेल भारत निर्यात भएको रानी भन्सार कार्यालयको तथ्यांक छ ।
प्रतिक्रिया दिनुहोस्