काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले करका दरमा कमसेका एक आर्थिक बर्षका लागि स्थीरता हुनुपर्नेमा जोड दिएको छ ।
नेपाल चेम्बर अफकमर्सको ६९ औं वार्षिक साधारण सभा, चेम्बर दिवस २०७६ तथा चेम्बरको ७० वर्ष प्रवेशको पूर्व सन्ध्यामा चेम्बरले गरेको राजश्व सम्बन्धी अन्तरक्रियामा व्यवसायीहरुले उक्त विषयमा ध्यानाकर्षण गराएका हुन् ।
अध्यक्ष राजेशकाजी श्रेष्ठले आर्थिक ऐन लागु भएको ४ महिनाभित्रै करका दर परिवर्तन हुन नहुनेमा जोड दिए अनिवार्य प्यान, ढुवानीमा भ्याट, स्थानिय प्रदेश तथा संघमा दोहोरो र फरक कर मापदण्ड, भंसार मूल्यांकन, बैंक कर्जालाई कर कार्यालयको सहमति, पूख्र्यौली सम्पत्ति हक हस्थानन्तरणमा उच्च कर लगाउने योजना लगायतका विषयले व्यवसायीमा त्रास बढेको प्रति श्रेष्ठले ध्यानाकर्षण गराए ।
आर्थिक अपराधमा आर्थिक जरिवानमात्र गरिनुपर्नेमा पनि उनले जोड दिए । राजश्व अनुसन्धान विभागका महानिर्देशक दीर्घराज मैनालीले आफ्नो विभागले असल व्यवसायीको संरक्षण गर्ने, छानबिन अनुसन्धान मात्र गर्ने र पारदर्शी व्यवसायलाई प्रबद्र्धन गर्ने बताउँदै कर प्रणाली स्वयम कर निर्धारण प्रणालीमा आधारित भएको हुँदा उद्यमी व्यवसायीलाई तदनुसार नै आफ्नो क्रियाकलाप गर्न आग्रह गरे ।
यस अघि चेम्बरले आफ्नो स्थापना दिवसको अवसरमा वाकाथोन, रक्तदान लगायतका कार्यक्रम पनि गरेको थियो ।





प्रतिक्रिया दिनुहोस्