५ फाल्गुन २०८१, सोमबार | Mon Feb 17 2025


पत्रकार सिंहको ११ औं स्मृति, पत्रकारिता अहिले पनि संक्रमणकालिन अवस्थामै


0
Shares

जनकपुर, पुस २७ । नेपाल पत्रकार महासंघ धनुषाले पत्रकार उमा सिंहको ११ औं स्मृति दिवश मनाएको छ ।

कार्यक्रमका सहभागीहरुले पत्रकारिता पेशालाई सुरिक्षत र मर्यादित बनाउनेतर्फ सम्बन्धित निकायले चासो नदिंदा चुनौतीपूर्ण अवस्था आईलागेको बताएका छन् ।

पत्रकारिता अहिले पनि संक्रमणकालिन अवस्थामै रहेकोले प्रेस स्वतन्त्रता हनन् विरुद्ध संगठित भएर अघि बढ्नुपर्नेमा पनि उनीहरुले जोड दिएका थिए । 

२०६५ साल पुस २७ गते जनकपुरको रजौल स्थित आफ्नै डेरामा रहेको समयमा निर्ममता पूर्वक पत्रकार सिंहको हत्या गरिएको थियो ।