काठमाडौं, साउन १८ । सन् २०२० को ‘टोकियो ओलम्पिक’ आयोजक राष्ट्र जापानले नेपाली खेलाडीहरुलाई लामो समयसम्म सहयोग गर्ने भएको छ ।
जापानले ओलम्पिक सुरु हुनुअघिसम्म निरन्तर सहयोग गर्ने जनाएको हो ।
सो सम्बन्धमा नेपाल ओलम्पिक कमिटी (एनओसी)ले जापानको फुकुसीमामा रहेको तामुरा सिटी र एथलेट सोसाइटीसँग सम्झौता गरेको छ ।
सम्झौतामा शुक्रबार एनओसी अध्यक्ष जीवनराम श्रेष्ठ र एथलेट सोसाइटीका महासचिव ओकी सोकोबीच हस्ताक्षर भएको छ ।
सम्झौताअनुसार तामुरा सिटी र एथलेट सोसाइटीले ओलम्पिकलाई छानिने सम्भावना भएको खेल र खेलाडीलाई प्रशिक्षणको व्यवस्था मिलाउनेछ । श्रेष्ठकाअनुसार प्रशिक्षण नेपाल वा जापानमा हुन सक्नेछ ।
तामुरा सिटीले आर्थिक पाटो हेर्नेछ भने एथलेटले प्राविधिक पक्ष सम्हाल्नेछ ।
सोबारे जानकारी दिन शुक्रबार राजधानमिा आयोजित पत्रकार सम्मेलनमा एनओसी अध्यक्ष श्रेष्ठले जापानले म्याराथनलाई बढी प्राथमिकतामा राखेको जनाउँदै सोहीअनुसार नै पोटेन्सियल खेलाडीलाई पठाउने बताए ।
नेपालले टोकियो ओलम्पिकका लागि ‘वाइल्ड कार्ड’बाटमात्रै नभएर छनोट चरण पार गरेरै खेल्ने लक्ष्य लिएको छ ।








प्रतिक्रिया दिनुहोस्