Logo ७ बैशाख २०८३, सोमबार | Tue Apr 21 2026


पृथ्वीनारायण शाहले शुरु गरेको एकीकरण अभियान सफल भएको छ : राष्ट्रपति


0
Shares

काठमाडौं, पुस २७ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल एकीकरण अभियानका नेतृत्वकर्ता पृथ्वीनारायण शाहको जन्मजयन्तीको अवसरमा उनीप्रति श्रद्धासुमन व्यक्त गरेकी छन् ।

आइतबार जारी गरेको भएको सन्देशमा उनले छरिएर रहेका अनेकौँ राज्यहरुलाई एकीकृत गरी सुदुढ नेपाल निर्माण गर्नुपर्ने अपरिहार्य आवश्यकतावोध गर्दै पृथ्वीनारायण शाहको नेतृत्वमा शुरु गरिएको एकीकरण अभियान अन्ततः सफल भएको स्मरण गरेकी छन् ।

राष्ट्रपति भण्डारीको सन्देशमा नेपाल सबै जातको साझा फूलबारी भएको कुरा स्वीकार गर्दै जनताबीच भावनात्मक एकीकरण गर्नुपर्ने कुरामा उनी सजग हुनुहुन्थ्यो भन्ने कुरा उनका सन्देश र व्यवहारबाट स्पष्ट हुन्छ भनिएको छ ।

जनतालाई सर्वोपरी ठान्ने पृथवीनारायण शाहका जीवन्त दृष्टिकोणहरु मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएपछि पनि सान्दर्भिक भएको सन्देशमा उनले उल्लेख गरेकी छन् ।