Logo १७ पुस २०८२, बिहिबार | Thu Jan 1 2026


छोएन विदेश र शहर मोहले, गाउँमा आयमुलक व्यवसायमा रमाउँदै युवा


0
Shares

– प्रकाश लम्साल/ ईमेज 

बारा, पुस २७ । स्थानीय तहका सरकार गठन भएसँगै बारामा युवाहरु गाउँमा फर्किने क्रम बढ्न थालेको छ । रोजगारीका अवसर प्राप्त नभएको भन्दै विदेश र सहरी क्षेत्रमा पुगेका युवाहरु पछिल्लो समय गाउँमै फर्केर विभिन्न व्यवसाय तथा उद्यममा संलग्न भइ स्वरोजगार बन्न थालेका हुन् ।

बारामा रोजगारीको खोजीमा युवा जनशक्ति शहर तथा विदेश पलायन भएर गाउँ नै रित्तिन थालेको अवस्थामा अहिले भने नयाँ चहलपहल सुरु हुन थालेको छ ।विदेश तथा शहर पसेकाहरु गाउँमै विभिन्न किसिमका व्यवसाय सञ्चालन गर्ने गरी गाउँमा फर्किने क्रम बढिरहेको छ ।

विशेषगरि कृषि, पशुपालन व्यापार व्यवसाय, फर्निचर, साना रिर्सोट, उद्योगलगायतका क्षेत्रमा लगानी गरी नाफा कमाउन थालेपछि विदेश र सहर मोह विस्तारै घट्दै गइरहेको हो ।

सडक तथा विजुलीको सुविधा पुगेपछि गाउँमै व्यवसाय गर्न सकिने हुँदा युवा उद्यमीमा उत्साह थपिन थालेको छ । विदेशमा मासिक तीस पैतीस हजार रुपैयाँमात्र कमाइ हुने देखेपछि फर्किएर बाख्र्रा पालनमा लागेको जगत् सिंहको भनाइ छ ।

गाउँगाउँमा  खुलेका साना किसान सहकारी, महिला सहकारी, पशुपालन सहकारी, उद्यमशील सहकारी, कृषि सहकारीलगायतका संस्थाले कर्जा प्रवाह गर्न थालेपछि युवाहरुलाई स्वरोजगार बन्न उत्साह भएको हो ।

विदेशमा गर्ने मिहिनेत स्वदेशमै गरे राम्रो कमाइ गर्न सकिने अर्का युवा व्यवसायी जीवन भट्टराईको बुझाइ छ । बाराका अधिकांश गाउँमा युवाको आगमन दर फेरि बढ्न थालेको छ । गाउँ रमाइलो बन्दै पूरानो झल्को आउन थालेको छ ।

उपमहानगरका वडाध्यक्ष रामप्रसाद लामिछाने अधिकांश युवाहरु गाउँमै भविष्य देखेर फर्किन थाले पनि केहीमा भने अझै अन्योल भएको धारणा राख्छन् ।

बाराको निजगढ सिन्गौलमा केराखेती, बोधबन सिम्रौनगढमा माछा, कोहल्बीमा धान, डुमरबानामा पशुपालन, कलैयामा तरकारी खेतीले गाउँको परिचय बन्न थालेको छ ।