९ श्रावण २०८२, शुक्रबार | Fri Jul 25 2025


रोबर्टोकोे निर्णायक गोलले लिभरपुल विजयी, ६१ अंकसहित शीर्ष स्थानमा


0
Shares

एजेन्सी । इंग्लीश प्रिमियर लिग फुटबलमा लिभरपुलले टोटनह्याम हट्सपरलाई १–० ले हराएको छ । गएराती टोटनह्यामको मैदानमा भएको खेलमा भ्रमणकारी टोली लिभरपुललाई विजयी गराउन रोबर्टो फर्मीनोले निर्णायक गोल गरे ।

जितसँगै लिभरपुलले अंक तालिकाको शिर्ष स्थनामा १६ अंकको अग्रता लिएको छ । २१ खेलबाट लिभरपुलको ६१ अंक छ । एक खेल बढी खेलेको लेष्टर सिटी ४५ अंकसहित दोस्रो स्थानमा रहेको छ ।

गएराती भएको खेलमा लेष्टर सिटीलाई साउथह्याम्पटनले २–१ ले हरायो । प्रिमियर लिग फुटबलकै अर्को खेलमा चेल्सीले बर्न्लेलाई ३–० ले हरायो । चेल्सीका लागि जर्गीनो, ट्यामी अब्राहम र क्यालुम हड्सन ओडोईले एक एक गा्ल गरे ।

गएराती नैं म्यान्चेस्टर युनाईटेडले नरिच सिटीलाई ४–० ले पाखा लगायो । म्यानयूका लागि मार्कस रास्फोर्डले दुई गोल गर्दा एन्टोनी मार्टियल र मेसन ग्रिनउडले एक एक गोल थपे ।

गएरातीका अन्य खेलहरुमा आर्सनल र क्रिष्टल प्यालेस तथा न्युकासल युनाईटेड र वुल्भरह्याम्पटन वान्डरर्सले १–१ गोलको बराबरी खेलेका छन् ।