
जनकपुरधाम, पुस २६ । अर्थमन्त्री डा. युवराज खतिवडाले कर तथा उद्योग–व्यवसायसँग जोडिएका नीति–नियमहरुलाई तत्काल संशोधन गर्न नसकिने बताएका छन् ।
शनिबार जनकपुर उद्योग वाणिज्य संघद्वारा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै अर्थमन्त्री खतिवडाले संघीयता कार्यान्वयनका लागि नीति तथा ऐनहरु ल्याइएकाले संशोधन वा खारेज गर्न सम्भव नरहेको स्पस्ट पारे ।
व्यवसायीका जिज्ञासाको जवाफ दिँदै उनले जनकपुरको व्यावसायिक समृद्धिका लागि जटही र भिट्ठामोड भन्सार नाकामा विषादी परीक्षण प्रयोगशाला र क्वारेन्टाइन स्थापनाको आवश्यकता औंल्याए ।
कार्यक्रममा जनकपुर उद्योग वाणिज्य संघका पूर्वअध्यक्षहरुले जटही भन्सार नाकामा पूर्वाधार तयार गरी १० लाख रुपैयाँभन्दा बढी माल निर्यात गर्न वातावरण मिलाउनुपर्ने तथा कृषिजन्य उपकरणमा कर सहुलियत गर्नुपर्नेलगायतका माग राखेका थिए ।
प्रतिक्रिया दिनुहोस्