काठमाडौं, पुस २६ । नेपाली परम्परागत गहनाबारे जानकारी दिने र रत्न तथा आभूषणको राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमासमेत बजारको पहुँच बढाउने उद्देश्यले तेस्रो रत्न तथा आभूषण मेला काठमाडौंमा सुरु भएको छ ।
शनिबारदेखि काठमाडौंमा सुरु भएको मेलाको उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले उद्घाटन गरे ।
मन्त्री भट्टले गहना तथा बहुमूल्य धातु निर्यातका लागि आवश्यक पर्ने सहुलियतमा सरकारले सहयोग गर्ने बताए ।
मन्त्री भट्टले मन्त्रालयमा आएका व्यवसायीको फाइलको काम एक हप्ताभित्रै सक्ने प्रतिबद्धतासमेत व्यक्त गरे ।
संघकी अध्यक्ष ज्योत्सना श्रेष्ठले सरकारले गहना निर्यातको वातावरण बनाउनका लागि नीतिगत सहजता गर्नुपर्ने बताइन् ।
संघका निवर्तमान अध्यक्ष मनिषलाल प्रधानले बहुमूल्य धातुहरु भारतीयहरुले अवैद्यरुपमा उत्खनन् गरी लगिरहेको भन्दै सरकारले त्यसतर्फ ध्यान पुर्याउनुपर्ने बताए ।
आइतबारसम्म चल्ने मेलामा रत्न तथा आभूषणका २६ स्टल रहेका छन् ।





प्रतिक्रिया दिनुहोस्