४ असार २०८२, बुधबार | Wed Jun 18 2025


तिहार मनाउन घर जानेहरूलाई कोरोनाविरुद्धको खोप


0
Shares

काठमाडौं । तिहार मनाउन गाउँ फर्किनेहरूलाई धमाधम कोरोनाविरुद्धको खोप लगाउन सुरु गरिएको छ ।

सरकारले तिहार तथा छठ मनाउन काठमाडौं उपत्यकाबाट गाउँ फर्किने नागरिकहरूलाई उपत्यकाका विभिन्न स्थानहरूबाट कोरोनाविरुद्धको खोप लगाइरहेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार तिहार र छठ मनाउन गाउँ फर्किनेहरूलाई काठमाडौं उपत्यकाको बल्खु, कोटेश्वर, गोंगबु र कलंकी चोकमा कोरोनाविरुद्धको खोप अभियान सञ्चालन भइरहको छ ।

आम नागरिकलाई कोरोनाबिरुद्धको खोप लगाउन दिएको खबर सञ्चारमाध्यमबाट सुनेपछि कोरोनाविरुद्धको खोप लगाउन आएको सर्वसाधारणहरूले बताएका छन् । सरकारले गरेको कार्यक्रम उचित रहेको भन्दै उनीहरूले खोप लगाउन पाउँदा सुरक्षित महसुस गरेको बताए ।

मन्त्रालयका अनुसार दुई दिनसम्म सञ्चालन हुने खोप अभियान बिहान ७ बजेदेखि बेलुका ४ बजेसम्म हुनेछ । मंगलबारबाट सुरु भएको खोप अभियान नागरिकले आफ्नो परिचयपत्र देखाएर लगाउन सक्नेछन् ।