१ फाल्गुन २०८१, बिहिबार | Fri Feb 14 2025


भारतले पाम तेलको आयात रोकेपछि नेपाली उद्योगीहरु लगानी डुब्ने चिन्तामा


0
Shares

विराटनगर, पुस २६ । भारतले प्रशोधित पाम तेल आयात रोकेपछि नेपाली उद्योगी, व्यवसायीहरु लगानी डुब्ने चिन्तामा परेका छन् ।

भारतले पाम तेलको आयातमा बन्देज गरेसँगै पूर्वी नेपालमा रहेका पाँच उद्योगको ८ अर्ब रुपैयाँ बराबरको कच्चापदार्थसमेत संकटमा पर्ने देखिएको छ ।

प्रदेश नम्बर–१ अन्तर्गत् सुनसरी–मोरङ करिडोरमा सन्चालित उद्योगमा रहेको ८ अर्ब रुपैयाँ बराबरको कच्चापदार्थ खेर जाने अवस्थामा पुगेको हो ।

उद्योगी–व्यसायीकाअनुसार पाम निर्यात गर्ने उद्योगले कम्तीमा तीन महिनाका लागि कच्चापदार्थको मौज्दात राख्ने गरेकाले पनि यति ठूलो नोक्सानी व्यहोर्नुपर्ने अवस्था आएको हो ।

सुनसरी–मोरङ करिडोर क्षेत्रका पाँचओटा उद्योगले पाम तेल भारत निर्यात गदै आएका थिए भने १६ उद्योग थपिनेक्रममा छन् ।

भारतले अचानक पाम आयल निर्यात रोकिएपछि यसको असर लागनीकर्तासँगै देशको अर्थतन्त्रमासमेत परेकाले तत्काल सरकारले निर्यात खुलाउन कूटनीतिक पहल थाल्नुपर्ने उद्योगी, व्यवसायीको माग छ ।

रानी भन्सार कार्यालयकाअनुसार चालू आर्थिक वर्षको पाँच महिनामा विराटनगर नाकाबाट मात्रै साढे चार अर्ब रुपैयाँ बराबरको पाम तेल भारत निर्यात भएको छ ।

यस हिसाबले वर्षभरिमा साढे २६ अर्ब बराबरको पाम तेल निकासी हुनसक्ने देखिन्छ ।