१९ कार्तिक २०८१, सोमबार | Tue Nov 5 2024


चाडपर्वमा हुने कालाबजारी र महंगी नियन्त्रण गर्न बजार अनुगमन


0
Shares

तनहँ । तनहुँका बजार क्षेत्रमा अनुगमनलाई तीव्रता दिइएको छ । चाडपर्वको समय हुने कालाबजारी र महंगी नियन्त्रण गर्न जिल्ला प्रशासन कार्यालय तनहुँले अनुगमन थालेको हो ।

अखाद्य वस्तु तथा म्याद नाघेका पेय पदार्थ तथा खाद्य वस्तु बिक्री हुन सक्ने भन्दै त्यसलाई रोक्न प्रशासनले अनुगमनलाई तीव्रता दिएको हो । त्यस्तैगरी जिल्लाका बजार क्षेत्रका विभिन्न पालिकाले पनि अनुगमनलाई निरन्तरता दिएको छ ।

अनुगमनका क्रममा अखाद्य वस्तु तथा म्याद नाघेका पेय पदार्थहरु भेटिएका थिए । त्यस्ता अखाद्य वस्तुलाई नियन्त्रणमा लिएर नस्ट गरिएको शुक्लागण्डकी नगरपालिकाले जनाएको छ ।