जाजरकोटमा ट्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु, एक जनाकाे अवस्था गम्भीर « Image Khabar


जाजरकोटमा ट्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु, एक जनाकाे अवस्था गम्भीर



काठमाडौं । जाजरकोटमा ट्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् ।

नलगाड नगरपालिकाको कालीमाटीबाट बारेकोट गाउँपालिकाको सेपुखोला जाँदै गरेको कर्णाली प्रदेश ०२००१त २९४ नम्बरको ट्याक्टर नलगाड नगरपालिका–५ झुल्केडाँडामा आज बिहान २ बजे दुर्घटना भएको हो ।

दुर्घटनामा मृत्यु हुनेमा नलगाड नगरपालिका– ७ का ३५ वर्षीय चंकलाल बिक, वडानम्बर–५ का २५ वर्षीय सुरेश खत्री र ६२ वर्षीय दलबहादुर खत्री रहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।

त्यस्तै नलगाड नगरपालिका–८ का १७ वर्षीय विनोद परियार घाइते भएका छन् । उनी सह–चालक रहेको प्रहरीको भनाइ छ । घाइतेको अवस्था गम्भीर रहेको बताइएको छ । ट्याक्टर नम्बर भने खुलेको छैन । ट्याक्टर मालिक नै चंखलालले नै ट्याक्टर चलाएको प्रहरीको भनाइ छ ।