२५ माघ २०८१, शुक्रबार | Fri Feb 7 2025


डुङ्गा संचालन गरेपछि पोखरीहरु आकर्षणको केन्द्र


0
Shares

इलाम । पर्यटन वर्षलाई लक्षित गरेर सन्दकपुर गाउँपालिकाले माइपोखरीनजिकै रहेको गुराँस पोखरीमा डुङ्गा संचालन सुरु गरेको छ ।

गाउँपालिकाको लगानीमा विस्तार गरिएको पोखरीमा डुङ्गा संचालन गरेपछि त्यहाँ पुग्ने जो कोहिका लागि पनि आर्कषणको केन्द्र बनेको छ ।

धार्मिक, जैविक र पर्यटकीय महत्वको यस क्षेत्रमा गरिएको पोखरी संरक्षण र डुङ्गा संचालनले स्थानीयमा उत्साह पनि थपेको छ ।

यस्तै झुल्केघामको आर्कषणसँगै हराभरा चियाबारीले सजिएको अन्तुमा पोखरीको संरक्षण गरिएपछि मुख्य आर्कषणको केन्द्र बनेको छ ।

सन्दकपुर गाउँपालिकाकै जमुनामा रहेको ढापपोखरीलाई संरक्षण र बिस्तार गरेर जिल्लाकै ठूलो पोखरीकोरुपमा स्थानीयले बिस्तार गरेका छन् ।

डुङ्गा सञ्चालन थालिएपछि आन्तरिक र भारत पश्चिम बंगालसहितका क्षेत्रवाट पर्यटक पनि आउन थालेका छन् ।

उत्तरी इलामका टोड्के झरना, सन्दकपुर डाँडा, हाँगेथाम, जौवारी, माइपोखरीलगायतका क्षेत्रलाई जोडेर पर्यटकीय केन्द्र वनाउन जमुनावासी सक्रिय भएका छन् ।