५ असार २०८१, बुधबार | Wed Jun 19 2024


प्रधानन्यायाधीशले छिटो पदबाट राजीनामा दिए सम्मानजनक बर्हिगमन हुन्छ : रामचन्द्र पौडेल


0
Shares

काठमाडौं, कात्तिक १६ । सत्तारुढ दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई छिटोभन्दा छिटो पदबाट राजीनामा दिन दवाव दिनु भएको छ ।

कांग्रेस वरिष्ठ नेता पौडेलले प्रधानन्यायाधीश जबराले छिटोभन्दा छिटो पदबाट राजीनामा दिएमात्रै सम्मानजनक बर्हिगमन हुने पनि स्पष्ट पार्नुभयो ।

नेपाली कांग्रेस जिल्ला कार्य समिति मकवानपुरले मंगलबार बिहान हेटौंडामा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले प्रधानन्यायाधीश जबराले केही दिन अघि आफ्नो सम्मानजनक बर्हिगमनको कुरा गरेको उल्लेख गर्दै त्यसका लागि उहाँले छिटो राजीनामा दिनुपर्ने धारणा राख्नुभयो ।

वरिष्ठ नेता पौडेलले ढिलाई गर्दै गए उहाँको बर्हिगमन अपमानजनक हुने तर्क गर्नुभयो । उहाँले प्रधानन्यायाधिशसँग सेटिङ गरेर तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषदलाई ध्वस्त पारेको, संविधानको आत्मामाथिनै प्रहार गरेको आरोप समेत लगाउनुभयो ।

वरिष्ठ नेता पौडेलले जनताको न्यायको अन्तिम मन्दिरको रुपमा रहेको सर्वोच्च अदालत ध्वस्त हुने अवस्थामा पुगेको भन्दै चिन्ता समेत व्यक्त गर्नु भयो । फरक प्रसंगमा उहाँले नेतृत्व परिवर्तन गरेर मात्रै पार्टीलाई सही दिशामा अघि बढाउन सकिने बताउनुभयो । त्यसका लागि पुस्तान्तरण नभई नेतृत्व परिवर्तन आजको आवश्यक्ता भएको उहाँको तर्क थियो ।