Logo १७ पुस २०८२, बिहिबार | Thu Jan 1 2026


पन्चकन्याले ल्यायो सीपीभीसीको नयाँ ग्रेडको पाइप


0
Shares

काठमाडौं, पुस २५ । पन्चकन्याले नेपालमै पहिलोपटक सीपीभीसी ‘ट्रान्सप्यारेन्ट फिटिङ्स’लगायत नयाँ उत्पादन नेपाली बजारमा ल्याएको छ ।

विभिन्न प्रकारका प्लास्टिकका पाइपहरु उत्पादनमा अग्रणी दाबी गरिएको कम्पनीले नेपालमै पहिलोपटक नयाँ ग्रेडको ट्रान्सप्यारेन्ट फिटिङ्स र ‘फ्लेम प्रो’ पाइप तथा फिटिङ्स ल्याउन सफल भएको जनाएको छ ।

कम्पनीले शुक्रबार काठमाडौंमा एक कार्यक्रम गरी यी नयाँ उत्पादनको बजार प्रवेश गराएको हो । 

ट्रान्सप्यारेन्ट फिटिङ्स तातो, चिसो पानीका लागि उपयुक्त तथा अन्य सीपीभीसी पाइपभन्दा बलियो तथा बढी चाप वहन गर्र्ने क्षमताका भएको कम्पनीको दाबी छ ।

यस्तै, सीपीभीसीको नयाँ ग्रेडको फ्लेम प्रो पाइप तथा फिटिङ्स आगो प्रतिरोधात्मक, जडान गर्न सजिलो, नकोरिने तथा केमिकल तथा युभी रेसिस्टेन्टजस्ता गुणहरुले युक्त रहेको कम्पनीले जनाएको छ ।

आइएसओ ९००१ः२०१५ स्ट्यान्डर्डमा बनाइने भएका कारण यी उत्पादन कम्तीमा ५० वर्ष टिक्ने पनि कम्पनीको दाबी छ ।

कम्पनीले नेपाल गुणस्तर चिह्न र भारतीय मानक ब्यूरो ‘आइएसआइ’ प्राप्त गर्ने एकमात्र पहिलो कम्पनी हुन सफल भएको पनि कम्पनीको दाबी छ ।