कर्णालीका मुख्यमन्त्री शाहीले राजीनामा दिँदै « Image Khabar


कर्णालीका मुख्यमन्त्री शाहीले राजीनामा दिँदै



काठमाडौं, कात्तिक १५ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले पदबाट राजीनामा दिने तयारी गर्नुभएको छ ।

शाही मुख्यमन्त्री बन्दा कांग्रेससँग भएको आलोपालो गर्ने पूर्वसहमति अनुसार मुख्यमन्त्री शाहीले पदबाट राजीनामा दिन लाग्नुभएको हो ।

उहाँले आजै साँझ राजीनामा दिने तयारी गरेकोे बुझिएको छ । मुख्यमन्त्री शाहीले साँझ पाँच बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाउनुभएको छ । शाहीले राजीनामा दिएपछि कांग्रेस संसदीय दलका नेता जिवनबहादुर शाही मुख्यमन्त्री बन्नेछन् ।