प्रदेश १ को मुख्यमन्त्रीमा दाबी गर्न मंगलबार दिउँसो १ बजेसम्मको समय « Image Khabar


प्रदेश १ को मुख्यमन्त्रीमा दाबी गर्न मंगलबार दिउँसो १ बजेसम्मको समय



काठमाडौं, कात्तिक १५ । प्रदेश १ को मुख्यमन्त्रीमा दाबी गर्नका लागि मंगलबार दिउँसो १ बजेसम्मको समय तोकेको छ ।

प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले दिएको राजीनामा स्वीकृत गर्दै प्रदेश प्रमुख सोमनाथ अधिकारीले मंगलबार १ बजेसम्म नयाँ सरकार गठनको दाबी पेश गर्न दलहरुलाई आह्वान गर्नुभएको छ ।

प्रदेश १ मा यसअघि विपक्षी गठबन्धनमा रहेका दलको स्पष्ट बहुमत छ । उनीहरूले नेकपा (एकीकृत समाजवादी) का सांसद राजेन्द्र राईलाई मुख्यमन्त्री बनाउने तयारी गरेका छन् ।

मुख्यमन्त्रीमा राईको दाबी गर्न यसअघि नै उनीहरूले सांसदको हस्ताक्षर संकलन गरिसकेका छन् ।