Logo २० माघ २०८२, मंगलबार | Tue Feb 3 2026


महिला भलिबलको सेमिफाइनल समीकरण पूरा


0
Shares

काठमाडौं, पुस २५ । ‘न्यू डायमन्ड कप खुला राष्ट्रिय महिला भलिबल’ प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ ।

काठमाडौंको नयाँ बसपार्कस्थित ढोरपाटन क्लबको खेलमैदानमा जारी प्रतियोगिताको सेमिफाइनलमा आयोजकको टोली न्यू डायमन्ड स्पोर्ट्स क्लब र त्रिभुवन आर्मी क्लब तथा सशस्त्र प्रहरीको एपीएफ र नेपाल पुलिस क्लब भिड्ने भएका छन् ।

न्यू डायमन्ड समूह विजेता

न्यू डायमन्डले समूह ‘बी’को अन्तिम खेलमा शुक्रबार पुलिसलाई २५–१९, २५–२३, १७–२५, १६–२५ र १५–६ को सेटमा पराजित गर्दै समूह विजेता बनेको हो ।

पुलिस समूह उपविजेता बन्दै सेमिफाइनलमा पुगेको हो ।

सशस्त्र समूह विजेता

त्यस्तै, सशस्त्रले समूह ‘ए’को अन्तिम खेलमा आर्मीलाई २५–२१, २५–१२ र २५–२१ को सोझो सेटमा हराउँदै समूह विजेता बनेको हो ।

आर्मी उपविजेता बन्यो ।

विजेतालाई चार लाख

प्रतियोगिताको विजेताले चार लाख एक हजार १००, उपविजेताले तीन लाख एक हजार १००, तेस्रो हुनेले एक लाख ५१ हजार १०१ तथा चौथो हुनेले ५१ हजार १०१ रुपैयाँ प्राप्त गर्नेछ ।

सर्वोत्कृष्ट खेलाडीलाई २१ हजार

सर्वोत्कृष्ट खेलाडीले २१ हजार १०१ रुपैयाँ प्राप्त गर्दा उत्कृष्ट स्पाइकर, ब्लकर, क्विकर, सेटर, सर्भर, डिफेन्डर र प्रशिक्षकले जनही ७ हजार १०१ रुपैयाँ पाउनेछन् ।