Logo २३ असार २०८३, मंगलबार | Tue Jul 7 2026


विराटनगरका उद्योगहरुले बेच्ने पानीमा हानिकारक कोलिफर्म भेटियो


0
Shares

ध्रुव भट्टराई (इमेज)

विराटनगर, साउन १८ । विराटनगरका पानी उद्योगहरुले बेच्ने गरेको पानीमा हानिकारक कोलिफर्म जीवाणु भेटिएको छ ।

जारको पानीमा मानव स्वास्थ्यलाई गम्भीर असर गर्ने कोलिफर्म जीवाणु भेटिएको हो ।

विराटनगरका पानी उद्योगहरुले सामान्य मापदन्डसमेत पूरा नगरी लापरबाहीपूर्ण तरिकाले पानी जारमा भरेर बजारमा पठाउने गरेको पाइएको हो ।

प्रदेश नम्बर–१ को सामाजिक विकास मन्त्रालयको नेतृत्वमा साउन पहिलो साता विराटनगरमा सन्चालित २० ओटा पानी उद्योगहरुको अनुगमन गरिएको थियो ।

सो मन्त्रालयका उपसचिव गोपी घिमिरेले पानी उद्योगको अनुगमनकाक्रममा नमुना संकलन गरिएका ११ ओटा उद्योगले उत्पादन गरेको पानीमा कोलिफर्म जीवाणु भेटिएको जानकारी दिए ।

गंगाजल, गोमारानी, शुभजल, पूजा फूड एन वयेभ, तिरुपती, माउन्टेन, हाइमल, श्री जल, शितल, जोनसन र दिव्यश्री पानी उद्योगबाट उत्पादित पानीमा कोलिर्फम फेलापरेको जनाइएको छ ।