२६ बैशाख २०८२, शुक्रबार | Fri May 9 2025


महत्वपूर्ण निकायमा खनालको सहभागिता देख्दा गौरव लाग्छ : मुख्य सचिव खनाल


0
Shares

काठमाडौं । नेपाल सरकारका मुख्य सचिव शंकरदाश बैरागी खनालले निजामति सेवा जनमुखि बनाउन आफू प्रयत्नशिल रहेको बताउनु भएको छ ।

खनाल सेवा समितिले काठमाडौको हलचोकमा गरेको कार्यक्रममा उहाँले जनमुखि प्रशासनबाट मात्र परिवर्तन सम्भव हुने बताउनुभयो । सबै भाषाभाषि र समूदायको संरक्षण गर्नु सरकारको दायित्व भएको भन्दै उहाँले आफ्नो भाषा, रहनसहन, संस्कृति र परम्पराको सबैले इज्जत गर्नु पर्नेमा जोड दिनुभयो ।

देश भर छरीएर रहेका खनालहरुको आफ्नो छुट्टै पहिचान भएको उहाँको भनाई थियो । शसस्त्र प्रहरी प्रमुख शैलेन्द्र खनालले राज्यका महत्वपूर्ण निकायमा खनालहरुको उपस्थिति देखिनु खुशीको कुरा भएको बताउनुभयो । छरीएर रहेका खनालहरुको एकताबाट बल पुग्ने भन्दै एकताकालागि आफू प्रतिबद्ध रहेको उहाँको भनाई थियो ।

समितिका अध्यक्ष केदारप्रसाद खनालले हिमाल, पहाड, तराई र सातवटै प्रदेशमा बसोबास रहेका खनालहरुको एकता र सहकार्यकालागि समितिले काम गरी रहेको बताउनुभयो । समितिका प्रवक्ता दिपक खनालले खनाल सेवा समितिले आगामी दिनमा तेस्रो वंशावली निकाल्ने तयारी गरी रहेको जानकारी दिनुभयो ।

२०५५ सालमा स्थापना गरीएको समितिमा देशभरका खनालहरुको प्रतिनिधित्व छ । बृहत्त भेलामा राजनीतिक, प्रशासनीक, पत्रकारिता, कलाकारिता, उद्योग व्यवसाय, प्राध्यापन, चिकित्सालगायत बिभिन्न क्षेत्रमा आवद्ध खनालहरुको सहभागिता थियो । सहभागिहरुले भौगोलिकताको आधारमा सबैको प्रतिनिधित्व हुनु पर्ने सुझाव दिएका थिए ।

भेलाको संयोजन समितिमा सकृय योगदान गर्दै आएका शम्भुप्रसाद खनालले गर्नु भएको थियो ।