२० बैशाख २०८२, शनिबार | Sat May 3 2025


नेतृत्वकाे हेलचेक्राइँकै कारण पार्टी इतिहासकै कमजोर अवस्थामा छ : नेता सिंह


0
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले लोकतान्त्री पार्टी भित्र नेतृत्वले अलोकतान्त्रीक काम गर्दा त्यसको विरोधमा सशक्त आवज उठाउनु पर्ने बताउनु भएको छ ।

आइतबार नेपाली कांग्रेस किर्तिपुर नगर समितिले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता सिंहले पार्टीको नेतृत्वले हेलचेक्राइँ गर्दा पार्टी इतिहासकै कमजोर अवस्थामा आइपुगेकाे टिप्पणी गर्नुभयो ।

पार्टीको नेतृत्व र अवस्था सुधार अन्य पार्टीका नेता कार्यकर्ताले नगर्ने भन्दै नेता सिंहले आफुहरू नै पार्टी सुधारमा लाग्नु पर्ने धारणा राख्नुभयाे ।

‘पार्टी भित्रको समस्याका कुरा हामीले नउठाए कस्ले उठाउँछ,’ उहाँले प्रश्न गर्नुभयाे । पार्टीको समस्या आफै समधान गर्नुपर्ने बताउदै’ नेता सिंहले बाटो बिराउनेलाई बाटो देखाउनुपर्ने बताउनुभयाे ।

कांग्रेसको इतिहास राम्रो रहेकाे बताउदै उहाँले त्यसै चुप लागेर बसे आगामी चुनावमा जनताले त्यसको नतिजा देखाईदिने बताउनुभयो ।
१३ औ महाधिवेशनपछि कांग्रेस इतिहासमै कमजाेर भएकाे उहाँकाे भनाइ छ । अहिले कै अवस्था कायम रहे राष्ट्रिसभाको चुनावमा भाग लिनबाट पार्टी बञ्चित हुनुपर्ने जोखिम आएको भन्दै उहाँले त्यसको जिम्मेवारी बर्तमान नेतृत्वले लिनुपर्ने बताउनुभयाे ।

‘देशमा लोकतन्त्र जोगाउनको लागी पनि कांग्रेसमा विधि पद्धती जोगाउन जरुरी छ । सक्षम प्रभावकारी पार्टीको रुपमा स्थापना पनि पहिले पार्टी भित्र विधिपद्धतीको स्थापना गर्नुपर्दछ ।’उहाँले थप्नुभयो ‘त्यसो गर्न नसके प्रजापरिषद्को बाटोमा नेपाली काँग्रेस जान्छ ।’

फरक प्रसङ्गमा नेता सिंहले ओली सरकारले न्यायापालिकालाई हस्तक्षेप गर्दा न्यायालयमा अहिलेको अबस्था सिर्जना भएको दाबी गर्नुभयो । उहाँले अदालत लगायतका निकायमा राजनीतिक नियुक्त, संविधानको भावना विपरीत काम गर्दा समस्या उत्पन्न भएको जिकिर समेत गर्नुभयो ।