कैलालीमा चक्कु प्रहारबाट किशोरको मृत्यु, अर्का किशोर पक्राउ « Image Khabar


कैलालीमा चक्कु प्रहारबाट किशोरको मृत्यु, अर्का किशोर पक्राउ



कैलाली । चक्कु प्रहार गरी हत्या गरेको आरोपमा जिल्ला प्रहरीले एक किशोरलाई पक्राउ गरेको छ ।

टीकापुर नगरपालिका–८ का १८ वर्षीय अनुप साउदको हत्या आरोपमा भजनी नगरपालिका–३ का १९ वर्षीय किरन साउदलाई पक्राउ गरिएको इलाका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

चक्कु प्रहारबाट गम्भीर घाइते भएका अनुपको टीकापुर अस्पतालमा उपचारका क्रममा शुक्रबार राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतिक विष्टले जानकारी दिनुभयो ।

अनुपमाथि चक्कु प्रहार गरेपछि किरण टीकापुरस्थित आफन्तको घरमा गएको प्रहरीको भनाइ छ ।