Logo २४ कार्तिक २०८२, सोमबार | Mon Nov 10 2025


सेक्युरेटी प्रिन्टिङ प्रेसको अनियमितता अध्ययनमा सरकारले सहयोग गर्छ : सन्चारमन्त्री


0
Shares

काठमाडौं, पुस २४ । सन्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सेक्युरेटी प्रिन्टिङ प्रेस खरिदमा भएको अनियमितताको छानबिन गर्न सरकारले सहयोग गर्ने बताएका छन् ।

बिहीबार मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक गर्नेक्रममा पत्रकारको जिज्ञासामा उनले सार्वजनिक लेखा समितिलाई प्रेस खरिदसम्बन्धी आवश्यक कागजात उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको बताएका हुन् ।

यसअघि, सार्वजनिक लेखा समितिले प्रिन्टिङ मेसिन खरिद गर्दा ९ देखि १० अर्ब रुपैयाँसम्म अनियमितता भएको आशंका गर्दै छानबिन गर्ने निर्णय गरेको थियो ।